उपत्यकाको अति संवेदनशील र संवेदनशील क्षेत्रमा ७ तलाभन्दा अग्लो घर बनाउन नपाइने भएको छ।
गृह मन्त्रालयले असारमा गठन गरेको छानबिन समितिले सिंहदरबार, सुरक्षा निकायको मुख्यालय, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको निवास र कार्यालय, कारागारलाई संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरेको छ।
ती क्षेत्रवरिपरि बढीमा ७ तलासम्म मात्रै घर बनाउन दिनुपर्ने सुझाव समितिले दिएको छ। यो खबर आजको कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन्।
सिंहदरबारको दक्षिणी गेटछेउ नौतले भवन बनेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

प्रतिक्रिया