ad ad

समाज


सशक्त बन्दै पश्चिमी वायु, देशभर वर्षा र हिमपातको सम्भावना

सशक्त बन्दै पश्चिमी वायु, देशभर वर्षा र हिमपातको सम्भावना

नेपालखबर
पुस १६, २०७६ बुधबार १:१७,

भारतबाट भित्रिएको पश्चिमी वायुको न्यून चापीय प्रणाली आज (बुधबार)देखि सक्रिय बनेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले आजदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेको र यसका बादल नेपालका पश्चिमदेखि पूर्वसम्मका आकाशमा फैलिसकेको जानकारी दिए।

‘आज पूर्वदेखि पश्चिमसम्मै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात एवं केही स्थानमा वर्षाको सम्भावना छ,’ नेपालखबरसँग उनले भने, ‘यसले चिसो बढाउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन हामी सबैलाई सुझाव दिन चाहन्छौं।’

महाशाखाले पनि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेकाले र यसकै कारण चिसो रहिरहने हुनाले चिसोको असरका साथै अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।

वरिष्ठ मौसमविद् पौडेलका अनुसार हल्कादेखि मध्यमसम्म हिमपात तथा पश्चिमदेखि पूर्वसम्म देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

काठमाडौंमा उपत्यकामा भने आजै पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ। आज बिहान साढे ६ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस छ।

गत दिनका तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम बढेको हो। राति आकाशमा बादल लागेका दिन न्यूनतम तापक्रम बढ्ने र सफा भएका दिन घट्ने मौसमविद् बताउँछन्।

‘दिउँसो घाम लाग्न नपाउने भएकाले अधिकतम तापक्रम धेरै घट्ने देखिन्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘जसले गर्दा देशभर चिसो बढ्छ।’

आकाशमा बादल भएकाले आज तराई क्षेत्रमा हुस्सु/कुहिरो लागेको छैन। जसले गर्दा तत्कालका लागि भने तराईवासीले केही राहत महसुस गरेका छन्।

उनका अनुसार यो प्रणाली ३/४ दिनसम्म रहने देखिएको छ।

याे पनि : नेपाल प्रवेश गर्‍याे शक्तिशाली पश्चिमी वायु, सतर्क रहन माैसमविद्काे सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .