छापा खबर


क पढ्न जान्दिनन् तर महिनाकै कमाउँछिन् ३० हजार

क पढ्न जान्दिनन् तर महिनाकै कमाउँछिन् ३० हजार

नेपालखबर
पुस १४, २०७६ सोमबार ४:५७,

सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ यार्साकी ६६ वर्षीया लाक्पा तामाङले आफैंले उत्पादन गरेको तरकारी बेचेर ६ जनाको परिवार पालेकी छन्।

गाउँमै हाट बजार सञ्चालनमा आएयता करेसाबारीमा उत्पादन भएका तरकारी बेचेर उनी आत्मनिर्भर भएकी हुन्।

गाउँमै हुर्किएकी उनले विद्यालय टेकेकी छैनन्। अन्य पेसा गर्न योग्यता बाधक भएपछि हाटबजारले उनलाई रोजागर बनाएको छ। ‘हाट बजारमा तरकारी बेचेर मासिक ३० हजारसम्म कमाउँछु,’ उनले भनिन्, ‘यहाँको कमाइले घरखर्च धान्न निकै सहज छ।’

पढ्न नपाए पनि आफूलाई पुग्ने आम्दानी भएकाले आफू यसैमा सन्तुष्ट भएको उनले बताइन्। यो खबर आजको कारोबार दैनिकमा किशोर बुढाथोकीले खबर लेखेका छन्।

लाक्पाजस्तै हिमाली विकट गाउँ भोताङका अधिकतर महिला हाट बजारमै स्थानीय उत्पादन बिक्री गरेर आत्मनिर्भर बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad