समाज


काठमाडौंमा कस्तुरीको विनासहित एक जना पक्राउ

काठमाडौंमा कस्तुरीको विनासहित एक जना पक्राउ

नेपालखबर
पुस १४, २०७६ सोमबार ४:१७,

काठमाडौंमा कस्तुरीको विनासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोंगबु नयाँबसपार्क बस्ने सुनसरीको रामधुनी नगरपालिका ७ का ३८ वर्षीय श्याम राईलाई आइतबार साँझ पक्राउ गरेको हो।

arai

चावहिल गणेशस्थानबाट पक्राउ परेका उनको साथबाट ६ वटा डल्ला बनाई प्याकिङ गरेको अवस्थामा कस्तुरीको विना बरामद भएको प्रहरीले जानकारी दिएको छ।

शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका थिए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहको महानगरीय प्रहरी वृत, गौशालाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad