छापा खबर


स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित

स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित

नेपालखबर
पुस ८, २०७६ मंगलबार १:२३,

हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् ।

हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गरिँदैछ । यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार हालसम्म २४ लाख ५० हजार जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन् ।

४८० स्थानीय तहमा समेत कार्यक्रम पुगिसकेको छ । कुल सात लाख ११ हजार परिवार स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । त्यसमा छ लाख ११ हजार गरिब परिवार, अति विपन्न परिवारलाई पनि आबद्ध गरिएको जानकारी पोखरेलले दिए।

सुविधा पाउने तरिका
स्वास्थ्य बीमा बोर्डसँग आबद्ध भएका संस्थालाई केही सर्त राखिएको हुन्छ । त्यसको पालना सम्बन्धित अस्पतालहरूले गर्नुपर्ने हुन्छ । त्यो पालना सँगसँगै उनीहरूले गुणस्तरमा समेत सुधार गर्दै जानु आवश्यक छ।

स्वास्थ्य बीमा गरेको तीन महिनापछि सेवाग्राहीले स्वास्थ्य सुविधा लिन सक्नेछन् । हाल सरकारी स्वास्थ्य संस्था र केही निजी अस्पतालसमेत स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

मङ्सिरसम्मको तथ्याङ्कअनुसार ७५ प्रतिशत नागरिकले बीमा नवीकरण गरेका छन् । अभैm पनि २५ प्रतिशत जनताले स्वास्थ्य सेवाबाट प्राप्त सेवाप्रति सन्तुष्ट छैनन् भन्ने अनुमान लगाउन सकिन्छ।

स्वास्थ्यको पहुँचलाई सुनिश्चित गर्ने उद्देश्यले २०७२ साल चैत २५ बाट नमुना कार्यक्रमका रूपमा स्वास्थ्य बीमा कैलालीबाट सुरु भएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad