छापा खबर


मलेसियाली रेमिट कम्पनी मेक्सले फिर्ता गर्‍याे हिमालयन बैंकलाई ३१ करोड

मलेसियाली रेमिट कम्पनी मेक्सले फिर्ता गर्‍याे हिमालयन बैंकलाई ३१ करोड

नेपालखबर
पुस ८, २०७६ मंगलबार १:२६,

नेपाली कामदारले पठाएको रकम अपचलन गरेको मलेसियाली रेमिट कम्पनी मेक्सले बल्ल केही अंश फिर्ता गरेको छ। मेक्सले हिमालयन बैंकलाई ४९ करोड रुपैयाँ तिर्नुपर्नेमा ३१ करोड फिर्ता गरेको हो।

कम्पनीले मलेसियास्थित नेपाली कामदारसँग पैसा उठाएर लामो समयसम्म पनि नेपाल नपठाएपछि नेपाल राष्ट्र बैंकको पहलमा सो रकम फिर्ता भएको खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्।

हिमालय बैंकले नेपाल पैसा पठाउने कामदारका आफन्तलाई भुक्तानी दिए पनि मेक्सले हिमालयन बैंकलाई पैसा दिन आनाकानी गरेको थियो। तर केन्द्रीय बैंकले सक्रियतापूर्वक मलेसियन सेन्ट्रल बैंकसँग छलफल गरी सम्बन्धित कम्पनीमार्फत सो पैसा फिर्ता गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad