छापा खबर


सुरुङमार्ग नबन्दै नुवाकोटमा बढ्यो जग्गाको भाउ, काठमाडौंबाट किन्न जानेको ओइरो

सुरुङमार्ग नबन्दै नुवाकोटमा बढ्यो जग्गाको भाउ, काठमाडौंबाट किन्न जानेको ओइरो

नेपालखबर
पुस १, २०७६ मंगलबार २:२२,

चीनको सहयोगमा छहरे-टोखा सुरुङमार्ग निर्माण हुने भएपछि जग्गाको भाउ बढेको छ। सुरुङमार्गले काठमाडौंसँग नुवाकोट र रसुवाको सामीप्य बढ्ने भन्दै स्थानीय हौसिएका छन्।

‘काठमाडौंसँग जोडिए पनि भौगोलिक डाँडाकाँडाले टाढा पारेको नुवाकोटलाई झनै नजिक तुल्याउनेछ’ शिवपुरी गाउँपालिका ८ थानापतिका रूपक कार्कीले भने। सुरुङमार्ग निर्माण हुने भएपछि थानापति, काफलडाँडा, थापागाउँ, सातदोबाटे, खन्याचौर, सत्तरीफाँट, छहरे, थानसिङ, ढिकुरेलगायत पाखा र सम्म परेका फाँटका जग्गाको भाउ ह्वात्तै बढेको छ।

काठमाडौंमा बसेका स्थायी बासिन्दाको अहिलेको रोजाइको थलो शिवपुरी ८ नम्बर वडा र लिखुगाउँपालिका ६ र ५ वडा परेका छन्। काठमाडौंमा स्वच्छ पानीको अभाव, ध्वनी प्रदूषण, खानेपानी किनेर खानुपर्ने, धुलो, धुवाँ र भीडभाडले गर्दा नुवाकोठटका यिनै वडामा जग्गा खरिद गर्ने भनेर आउनेहरू स्थानीय बताउँछन्। यो खबर आजको कान्तिपुरमा कृष्ण थापा (नुवाकोट)ले लेखेका छन्।

पछिल्लो समय थानापतिमा प्रतिरोपनी ८ लाख रुपैयाँसम्म जग्गा कारोबार भइरहेको छ भने समथ फाँटमा आनाको ७ देखि १० लाखसम्म जग्गाको भाउ बढेको स्थानीय बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad