दैनिक कम्तिमा पनि डेढ लिटरदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ।
बिहान खाली पेटमा मनतातो पानी पिउनुपर्छ। जो हाम्रो शरीरको लागि आवश्यक पनि छ।
एकैपटक बढी पानी पिउने बानी गर्नुहुँदैन। यस्तो गर्दा किड्नीमा असर पर्न सक्छ।
तर केही समयको अन्तरालमा पानी पिउन सकिन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
पानी हाम्रो शरीरको अत्यावश्यक पदार्थ हो। पानीको कमीले बेहोस हुने सम्भावना समेत हुन्छ।
त्यस्तो अवस्थामा लामो समय रहेमा मानिसको मृत्यु नै हुन सक्छ।
शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ। पानीको कमीले छालासम्बन्धी अन्य रोग पनि देखिन्छ।
पानीको कमीले स्किन एलर्जी, छाला रातो हुनेजस्ता समस्या पनि देखापर्न सक्छ। अनुहारमा दाग आउने समस्या पनि हुन्छ।

प्रतिक्रिया