छापा खबर


यसरी सुरु भयो शाह र राणाबीच वैवाहिक सम्बन्ध

यसरी सुरु भयो शाह र राणाबीच वैवाहिक सम्बन्ध

नेपालखबर
मंसिर २३, २०७६ सोमबार २:२८,

कोत पर्व र भण्डारखाल पर्वपछि प्रधानमन्त्री जंगबहादुर कुँवर राणाको चहकमहक बढ्न थाल्यो।

उनले दरबारमा पनि प्रभुत्व जमाउँदै गए। दरबारलाई हातमा लिएर आफू अनुकूल निर्णय मात्र गराएनन्, राणा शासनकै सुव्यवस्थित जग समेत खने।

२२ मंसिर आइतबार प्रकाशित हिमाल खबर पत्रिकामा भैरव रिसाल लेख्छन्–त्यसैको एउटा कडी हो, शाह र राणा खलकबीच विवाह गर्ने थितिको थालनी।

यी दुई खलकबीच वैवाहिक सम्बन्ध नचलिरहेको समयमा राजा सुरेन्द्रले जंगबहादुरलाई भनेछन्,‘युवराज र शाहजादीहरुको विवाह गरिदिनुपर्यो, बरबधु खोज।’

त्यो मौका पाएर जंगबहादुरले तुरुन्तै बिन्ति गरेछन्, ‘सरकार, वर बधु किन खोजिरहनु पयो? युवराजहरुको बिहे मेरा छोरीहरुसँग र शाहजादीहरुको विवाह मेरा छोराहरुसँग होस्।’

त्यो कुरा सुनेर राजा सुरेन्द्र तिलमिलाएछन्। उनी ठूल्ठूला आँखा पारेर कड्किएछन्, ‘तँ खसले हाम्रा शाहजादी ताक्ने?’

जंगबहादुरले भने तर्कसहित भनेछन्, ‘ सरकारले आफूलाई कत्रो जातबाला सम्झिबक्सेको छ? के सरकार तिरहुतिया विधवा ब्राह्मणीतर्फका सन्तान हाइबक्सन्न र? मैले नै सरकारलाई राजसिंहासनमा राखेको हुँ। अन्यथा सिंहासनमा काहिँला साहेबज्यु रणेन्द्र विक्रम शाह बस्ने थिए।’

सुरेन्द्रको आँखा खुल्यो। उनले भनेछन्, ‘तैँले भनेको साँचो हो जंगे। अब तैँ चुप मै चुप। तेरा छोरीहरु मेरा शाहजादाहरुलाई दे, मेरा छोरीहरु तेरा छोराहरुलाई दिएँ।’

यसरी शाह र राणा खलकहरुबीच वैवाहिक सम्बन्ध कायम हुन थाल्यो।

राणा शासकहरुका विवाहित पत्नी र विवाह नगरी ल्याइएका स्त्री धेरै हुन्थे।

प्रधानमन्त्री छँदै जंगबहादुरले सिद्धि राजेन्द्र लक्ष्मीलाई ल्याएर काहिली महारानी बनाएका थिए। राणा शासनमा जातभात कट्टर थियो।

राणा परिवारमा समेत ल्याइते हरुको भातभान्सा चल्दैनथ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad