छापा खबर


साग फुटबलमा विवाद : खेल बहिष्कार गर्न सक्ने विदेशी प्रशिक्षकहरुको चेतावनी

साग फुटबलमा विवाद : खेल बहिष्कार गर्न सक्ने विदेशी प्रशिक्षकहरुको चेतावनी

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ०:१,

साग अन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धा सोमबारदेखि सुरु हुँदैछ।

तर, आयोजक नेपालले नियम मिचेर खेल सञ्चालन गर्न खोजेको भन्दै माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानका प्रशिक्षकले औँला ठड्याएका छन्।

आइतबार दशरथ रंगशालामा टिमको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विदेशी प्रशिक्षकहरुले टिम तयारीबारे कम र आयोजकका कमजोरीबारे धेरै बोलेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनीहरुले आयोजक नेपालले अन्य टोलीमाथि पक्षपात गरेको आरोपसमेत लगाए।

‘मेरा खेलाडी स्वर्ण जित्न आएका हुन्, मर्न आएका होइनन्,’ प्रि म्याच कन्फ्रेन्समा माल्दिभ्सका प्रशिक्षक पिटर सेग्रेटले भने, नेपालले जथाभावी टाइसिट परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय नियमअनुसार यस्तो गर्न पाइँदैन।’

श्रीलंकाका प्रशिक्षक एमएम पाकिर अलीले पनि आयोजकले पक्षपात गरेको आरोप लगाए।

उनले नेपालको यस्तो कदमले फुटबलको विकास रोक्ने बताए।

यसअघि एन्फाले सार्वजनिक गेको पुरुष फुटबलको टाइसिटअनुसार प्रभारम्भिक चरणमा एमूह ‘ए’ मा आयोजक नेपाल, भुटान र बंगलादेश तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुने तय थियो।

यही टाइसिट लागू भएको भए दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने थिए।

तर, भारतको टीम नआउने भएपछि नेपालले टाइसिट हेरफेर गरेको थियो।

नयाँ टाइसिटअनुसार सबै टोलीले राउन्ड रोबिन लिग अर्थात समूह चरणमा एक अर्कासँग खेल्नेछन्।

यसपछि शीर्ष दुई स्थानमा रहने टोलीले स्वर्णका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

टाइसिट परिवर्तन गरेर गरिएको विभेद नसच्याए प्रतियोगिता बहिष्कार गर्न सक्ने माल्दिभ्सका प्रशिक्षक सेग्रेटले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad