छापा खबर


उपनिर्वाचन नतिजा : नेकपा र कांग्रेस दुबैको दाबी खण्डित

उपनिर्वाचन नतिजा : नेकपा र कांग्रेस दुबैको दाबी खण्डित

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ०:२३,

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचन परिणामले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दुबै दललाई खास सन्देश दिएको छ।

आफ्नो लोकप्रियता बढेको नेकपाको दाबी र सरकार तथा सत्तासिन दल अलोकप्रिय भइसके भन्ने कांग्रेसको दाबी दुबैलाई यो परिणामले खण्डित गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

अघिल्लो निर्वाचनको नतिजामा केही हेरफेर भए पनि समग्रमा तीन तहमै वर्चस्व कायम गरेको नेकपाको पोजिसन बदलिएको छैन।

भक्तपुर १ क मा नेकपाभित्रको आन्तरद्वन्द्वको प्रभावले कांग्रेसलाई चुनावी नतिजा आफ्नो पक्षमा पार्न सहज बनेको हो। दुई वर्ष सरकार चलाइसकेको पार्टी नेकपाका नेताहरुले समग्रमा राम्रो काम गरेको र लोकप्रियता बढेको दाबी सार्वजनिक मञ्चहरुमा गर्ने गरेका छन्।

तर, चुनावी नतिजाले त्यस्तो सन्देश दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad