छापा खबर


यस कारण बढ्दैछ काठमाडौँको आकाशमा दुर्घटनाको जोखिम

यस कारण बढ्दैछ काठमाडौँको आकाशमा दुर्घटनाको जोखिम

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ०:४८,

एउटा मात्रै रनवे भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा एकै दिन, एकै समयमा तीन अन्तर्राष्ट्रिय जहाजलाई अवतरण अनुमति (स्लट) दिइएको पाइएको छ।

एउटै रनवे भएको विमानस्थलमा एकै समयमा एकभन्दा बढी जहाज अवतरण असम्भव छ।

तर, त्रिभुवन विमानस्थल प्रशासनले एउटै स्लट तीन जहाजलाई दिएर दुर्घटनाको जोखिम बढाएको खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

त्रिभुवन विमानस्थलका अनुसार भुटानबाट आउने भुटान एयरलाइन्स, मस्कटबाट आउने सलाम एयर र दिल्लीबाट आउने नेपाल एयरलाइन्सको अवतरण समय एउटै दिइएको छ।

विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारले एकभन्दा बढी कम्पनीलाई एउटै स्लट दिन नभिल्ने भन्दै झुक्किएर एउटै स्लट परेको हुनसक्ने दाबी गरे।

जहाज अवतरण र उडानका लागि एकभन्दा बढी एयरलाइन्सलाई एउटै स्लट दिन नमिल्ने पर्यटनविज्ञहरु बताउँछन्।

एउटै रनवे भएको विमानस्थलमा न्युनतम १० मिनेटको अन्तरमा जहाज अवतरण गराउनुपर्ने विज्ञहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad