छापा खबर


सागका लागि ८३ होटल बुक, विभिन्न देशका ३२ सय खेलाडी नेपालमा

सागका लागि ८३ होटल बुक, विभिन्न देशका ३२ सय खेलाडी नेपालमा

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १:१,

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि होटल र खेलस्थलको टुंगो लागेसँगै ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले होटल र खेलस्थलको टुंगो लागेपछि त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए।

मंसिर १५ देखि २४ सम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा आयोजना हुने सागमा नेपालसहित दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका खेलाडीले भाग लिनेछन्।

गृहका अनुसार ३ हजार २ सय २८ खेलाडी, २ सय २९ रेफ्री, प्रशिक्षक/पदाधिकारी सहभागी हुनेछन्। खेलाडीसहितका पाहुना राख्न युवा तथा खेलकुद मन्त्रालयले ४ जिल्लामा ८३ होटल बुक गरेको खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।

यद्यपि पाहुनाको चाप हेरेर बुक भएका होटल संख्या तलमाथि पर्न सक्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad