नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनाकिमना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बैंकको स्वयम्भू शाखामा १० महिना रहँदा उनले त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ भनेर आजको कान्तिपुरले खबर छापेको छ।
अनियमिततामा सघाएको आरोपमा अख्तियारले अन्य ७ जनाविरुद्ध पनि मुद्दा चलाएको छ। सबैविरुद्ध दाबी गरिएको कूल बिगो रकम २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ हुन्छ।
3
Shares

प्रतिक्रिया