छापा खबर


उपनिर्वाचनको भोलिपल्टै किन पश्चिम भ्रमणमा जाँदैछन् पूर्वराजा?

उपनिर्वाचनको भोलिपल्टै किन पश्चिम भ्रमणमा जाँदैछन् पूर्वराजा?

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १:२४,

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा निस्किन लागेका छन्।

उनी यही मंसिर १४ गते हुने उपनिर्वाचनको भोलिपल्टदेखि पश्चिमाञ्चल भ्रमणमा निस्किन लागेका हुन्।

जिल्लाका राजावादीको निम्तो मान्न र विभिन्न मठमन्दिरको दर्शन गर्न उनी पश्चिम भ्रमणमा निस्किन लागेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

मंसिर १५ गते बिहान बुद्ध एयरको जहाजबाट भैरहवा प्रस्थान गर्ने कार्यक्रम छ। करिब २ साता लामो भ्रमणका क्रममा उनले करिब आधा दर्जन जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय डिस्कोमा पुगी रातो र चन्द्र सूर्य गीतमा नाचेर चर्चा कमाएका शाहको मुख्य अजेन्डा जिल्लाका आफू निकटका नेता कार्यकर्तासँग भेट गर्ने हो।

उनले देशको पछिल्लो अवस्था र पूर्वराजाप्रति जनताको चाहना कस्तो छ भन्ने विषयमा सूक्ष्म जानकारी लिन पश्चिम भ्रमणमा निस्किन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad