छापा खबर


थापाथली गोदाममा ४८२ क्वीन्टल चामल कुहियो

थापाथली गोदाममा ४८२ क्वीन्टल चामल कुहियो

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १:९,

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ।

नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो। सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन्।

काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३।१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४।०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ।

कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ । चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्न समेत कठिन पाइएको छ।

यसैगरी, थापाथली गोदाममा रहेको कर्णालीको तिते फापरसमेत कम्पनीले बिक्री गर्न नसकेर बिग्रिएको छ । कम्पनीको तथ्यांकअनुसार थापाथली गोदाममा ६ सय ४८ क्विन्टल तीते फापर रहेको छ।

कम्पनीले २०७३ सालमा कर्णालीका किसानसँग किनेर ल्याएको तीते फापर बिक्री गर्न नसकेर गोदाममै बिग्रिएको अवस्थामा रहेको दाबी कम्पनी स्रोतको छ।

स्रोतका अनुसार कम्पनीका केही कर्मचारीले आप्नो स्वार्थका लागि गुणस्तरहीन चामल किनेर वर्षौदेखि गोदाममै थन्काएर राख्दा करोडौँको खाद्यान्न कुहिने अवस्थामा रहेको छ । स्रोतले भन्यो, ‘आप्mनो स्वार्थ पूरा गर्न खाद्यान्न बिक्री गर्ने नयाँ योजना नल्याएर गोदाममै खाद्यान्न वस्तु थन्क्याउने काम भएको छ।’

खाद्यान्नको गुणस्तर व्यवस्थापन गर्न ६ महिनामा एकपटक गोदाममा राखेको सबै खाद्यान्नलाई सफा गरेर चेक जाँच गर्नुपर्ने हुन्छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी थापाथलीको तथ्यांकअनुसार थापाथली गोदाममा २५ हजार क्विन्टल चामल मौज्दात छ।

तीमध्ये जापनीज चामल १७ हजार ५ सय क्विन्टल, बास्मती ११ सय क्विन्टल, सोना मनसुली २४ सय ८४ क्विन्टल, जिरा मसिनो २६ सय क्विन्टल मौज्दात छ।

यसैगरी, कर्णालीको सिमी ६ सय ७८ क्विन्टल र तीते फापर ६ सय ४८ क्विन्टल मौज्दात रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad