छापा खबर


आलमका पक्षमा लागेको भन्दै शम्भु थापालाई हटाउन सर्वाेच्चमा निवेदन

आलमका पक्षमा लागेको भन्दै शम्भु थापालाई हटाउन सर्वाेच्चमा निवेदन

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १:०,

बम विस्फोटमा परेर घाइते भएकालाई जिउँदै इँटाभ्टामा जलाउने नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमका पक्षमा वकालत गर्ने वरिष्ठ कानुन व्यवसायी शम्भु थापालाई कानुन व्यवसायीबाट हटाइदिन सर्वाेच्चमा निवेदन परेको छ।

नेपाली प्रहरीमा कार्यरत एक प्रहरी जवानले १६ वर्षमा नै पेन्सन पाऊँ भन्दै सर्वाेच्च अदालतमा दायर गरेको उत्प्रेरणयुक्त आदेशको माग गर्दै दायर गरेको मुद्दामा वादीका तर्फबाट बहस गर्न थापालाई कानुन व्यवसायीका रूपमा नियुक्त गरिएको थियो।

बैतडीका दीपेन्द्रबहादुर चन्दले दायर गरेको मुद्दामा वरिष्ठ अधिवक्ता थापालाई कानुन व्यवसायीका रूपमा नियुक्त गरेका थिए।

थापाप्रति आफ्नो अगाध विश्वास र सम्मान भएकाले कानुन व्यवसायीका रूपमा नियुक्त गरेको भए पनि खुंखार अभियुक्त आलमका पक्षमा बहस गर्ने घोषणा गरेपछि उनीप्रति विश्वास घटेकाले अधिवक्ताबाट हटाउन चन्दले सर्वाेच्च अदालतमा निवेदन दिएका हुन्। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।

सर्वाेच्चमा चन्दले चढाएको निवेदनमा आफ्नो उचाइ र प्रतिष्ठाको ख्याल नगरी पैसाका लागि आलमजस्तो व्यक्तिका पक्षमा लाग्ने अधिवक्ताले हजारौं निमुखा प्रहरी जवानका पक्षमा बहस गर्न नसक्ने ठहर गरी आफ्नो कानुन व्यवसायीबाट हटाउन निवेदन दिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad