छापा खबर


त्रिविबाट नक्कली प्रमाणपत्र लिएर गोरखापत्रको उपसम्पादक!

त्रिविबाट नक्कली प्रमाणपत्र लिएर गोरखापत्रको उपसम्पादक!

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १:१६,

त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयबाटै मानविकी संकायअन्तर्गत स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको खुलेको हो।,

आयोगका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाइदिएका हुन्। पोखरेल सोही प्रमाणपत्रका आधारमा संस्थानमा प्रवेश गर्नाका साथै बढुवासमेत भएका थिए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

थपलियाले नक्कली शैक्षिक प्रमाणपत्र जारी गरेको र संस्थानका तत्कालीन उपसम्पादक पोखरेलले त्यसैका आधारमा सेवा प्रवेश गरी बढुवा भएको पुष्टि भएकाले दुवै विरुद्ध मुद्दा दायर गरिएको आयोगल जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad