छापा खबर


श्याम परदेशी जेलमा, गाउँले अझै त्रासमा

श्याम परदेशी जेलमा, गाउँले अझै त्रासमा

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ०:१७,

किर्ते तमसुक गराई २ सय ९९ विपन्न परिवारलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परेदशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन्।

परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्। कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना दुःख पनि फर्किएलान् भनेर गाउँले त्रसित छन्। यो खबर आजको नयाँ पत्रिकामा किरण दाहालले लेखेका छन्।

‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ,’ लालन्दबी नगरपालिका २ की फत्मा खातनुले भनिन्। अहिले पनि परेदशीको मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन्।

पीडितलाई सबैभन्दा तनावको विषय बनेको छ, तमसुक। पूरै ऋण तिने पनि परदेशीले तमसुक नच्यातेको, उल्टै लाखौँको नक्कली तमसुक बनाएर भारतमा आफन्तकहाँ सुरक्षित राखेको पीडितहरूको बुझाइ छ।

‘ऊसँग नक्कली तमसुक छन्, त्यो उसले मनमौजी बनाएको तमसुक हो । प्रहरीले ती सबै जफत गरेर नच्यातेसम्म हामीलाई कसरी शान्ति मिल्छ? नक्कली तमसुककै आधारमा भोलिसम्म दुःख दिइरहन्छ, हामी त जिउँदै मरेतुल्य भइहाल्छौँ,’ फत्मा खातुनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad