निजामती कर्मचारीको अवकाशको उमेर हद अब ६० वर्ष पुर्याइने भएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गर्दै यसअघिको उमेर हदलाई २ वर्ष बढाएको हो।
सेवानिवृत्त कर्मचारीले सरकारको विरोध गरे पेन्सन रोक्ने प्रावधानलाई समेत समितिले एकमतले पारित गरेको खबर आजको कान्तिपुर (ऋषिराम पौड्याल)बाट लिइएको हो।
नेपालीको औसत आयु बढेको अवस्थामा उमेर हद बढाउँदा राज्यलाई पेन्सन भार कम हुने समितिको ठहर छ।
विद्यालय शिक्षकको उमेर अवधि पनि ६० वर्ष छ। दुई प्रहरी संगठनमा भने अवकाशको तीनखाले व्यवस्था गरिएको छ। प्रहरीले पदावधि, ३० वर्षे सेवा अवधि र ५८ वर्ष उमेर अवधिबाट अवकाश पाउनेछन्।
सिमितले जुटाएको अर्काे प्रावधानले सेवानिवृत्त निजामती कर्मचारीलाई सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सरकार वा राज्यविरुद्ध द्वेष वा कलह बढ्ने र हिंसा भड्किने अभिव्यक्ति दिन रोक लगाएको छ। त्यस्तो पुष्टि भए उनीहरूको पेन्सन खोसिने व्यवस्था राखिएको छ।

प्रतिक्रिया