छापा खबर


नाकाबन्दीकाे पीडा नसकिँदै फेरि यसरी झस्काउँदै छ भारत

नाकाबन्दीकाे पीडा नसकिँदै फेरि यसरी झस्काउँदै छ भारत

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ०:४३,

लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ।

कालापानी र सुस्ताको सीमा विवाद मिलाउन गठन भएको परराष्ट्रसचिव स्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र किरण दाहालले लेखेका छन्।

नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको बेला भारतले नेपाललाई फेरि झस्काएको छ।

सन १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालापानीको मुहान हो।

र, कालापानी नै नेपाल भारत सीमाना हो। त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रुपमा निर्विवाद थियो।

सन् १९६२ मा चीनसँगको लढाइँपछि काली नदी तरेर पूर्वतर्फ लागेको भारतले नेपाली भूमि कालापानीमा फौज राखेको छ।

सीमाविवाद समाधान गर्न गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको निष्कर्षसमेत नपर्खी भारतले अतिक्रमित भूमिलाई आफ्नो नक्सामा समेटेको हो।

नापी विभागका महानिर्देशक कमल घिमिरेले भने भारतले सार्वजनिक गरेको नक्सा सीमा नक्सा नभएर आन्तरिक प्रयोजका लागि भारतले तयार गरेको सानो स्केलको नक्सा भएको दावी गरेका छन्।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भने भारतले प्रकाशित गरेको नक्साको यकिन तथ्य बुझ्न नेपाल सरकारका सम्बद्ध निकाय सक्रिय सइसकेका बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad