संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको दाबी गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्बर भूमि भएको उल्लेख छ।
यो खबर आजको नागरिक दैनिकले छापेको छ।
मुजाहिद्दिनले भारतमा दर्जनौपटक बम हमला गर्दा सयौँ नागरिकको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ।
मुजाहिद्दिनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए तैयबा, जैस ए मोहम्मद र हर्कत अल जिहादसँग पनि द्विपक्षीय सम्बन्ध राख्दै आएको प्रतिवदेनमा उल्लेख छ।

प्रतिक्रिया