छापा खबर


आलमलाई मुद्दा, तर जघन्य अपराधमा उनीसँगै मुछिएका सबै प्रहरीलाई उन्मुक्ति

आलमलाई मुद्दा, तर जघन्य अपराधमा उनीसँगै मुछिएका सबै प्रहरीलाई उन्मुक्ति

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ०:१३,

आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा पूर्वमन्त्री एवं सांसद मोहमद अफताव आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ।

तर, उनको यो जघन्य अपराधमा हिस्सेदार बनेका र संरक्षण गरेका प्रहरीका कुनै पनि अधिकारीमाथि मुद्दा नचलेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र अशोक पहाडीले लेखेका छन्।

प्रहरीका एसपीदेखि आइजिपीसम्म र सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको मिलेमतोमा अपराधीलाई संरक्षण गरिएको प्रमाण मिडियाबाट छताछुल्ल भएको छ। तर, सबै शक्तिमानले छुटकारा पाएका छन्।

२७ चैत ०६४ मा रौटहट राजपुर फरहदवा–४ सेख इद्रिस खालिहानको गोठमा भएको बम विस्फोटमा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह, ओसी अख्तरसहितका युवालाई इँटाभट्टामा हालेर जिउँदै जलाइएको थियो।

घटना प्रहरीकै सक्रियतामा दबाइएको नेपाल प्रहरीका तत्कालिन प्रहरी निरीक्षक इन्द्र सुवेदी, प्रहरी निरीक्षक राजिबप्रताव बस्नेत र सई ईश्वविक्रम शाहले प्रहरीलाई गरिदिएको कागजले नै पुष्टी गरेको छ।

तत्कालिन मध्यक्षेत्र प्रहरी प्रमुख डिआइजी किरण गौतमले बम विस्फोटको घटना हुँदा तत्कालै जानकारी पाएको तर, अर्को दिनदेखि आफूले पनि नसोधेको र जिल्लाले पनि जानकारी नदिएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने, सशस्त्रका एसपी रामकृष्ण लामा लगायतका प्रहरी अधिकारी आलमसँगै अपराधमा प्रत्यक्ष मुछिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad