ad ad

छापा खबर


मधेशवादी दलको एकता गराउन भारतको संस्थापन पक्ष सक्रिय!

मधेशवादी दलको एकता गराउन भारतको संस्थापन पक्ष सक्रिय!

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार २:५५,

दसैँ तिहारपछि नेपालको राजनीतिमा नयाँ तरंग ल्याउने प्रयासमा भारतीय संस्थापन पक्ष देखिएको छ।

भारतीय पक्षले नेपालको राजनीतिमा धार्मिक रंग भर्ने प्रयास गरेको खबर आजको साँघु साप्ताहिकले छापेको छ।

भारतीय पक्षले यस विषयमा प्रमुख दलहरुलाई पनि आफ्नो सन्देश प्रवाह गरिरहेको स्रोतले जनाएको छ।

यही मेसोमा भारत नेपालमा तेस्रो शक्ति निर्माणको प्रयासमा जुटेको पनि राजनीतिक क्षेत्रमा चर्चा चलेको छ।

त्यसका लागि अहिले मूलतः मधेश केन्द्रीत दललाई एकजुट गराउने प्रयासमा भारत लागेको बताइन्छ।

त्यसलाई एकहदसम्म युरोपियनहरुले पनि साथ दिएको स्रोतको दाबी छ। त्यसैले अहिले मधेश केन्द्रीत दल र पहिचान पक्षधरलाई एकठाउँमा ल्याउने प्रयास सुरु भएको छ।

त्यसैको प्रयास स्वरुप अहिले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर तथा राजेन्द्र महतोहरुले नेतृत्व गरेको राजपाबीच एकताको प्रयास भइरहेको छ।

त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अभिजित डोभलसमेत सक्रिय रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .