ad ad

समाज


सुनकोसीमा बस दुर्घटना : मृतक १७ कै सनाखत, केही व्यक्ति नदीमा हराइरहेको आशंका

सुनकोसीमा बस दुर्घटना : मृतक १७ कै सनाखत, केही व्यक्ति नदीमा हराइरहेको आशंका

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ३:०,

सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोसी नदीमा बस खस्दा मृत्यु भएका १७ जनाकै सनाखत भएको छ। केही व्यक्ति नदीमा हराइरहेको आशंकामा खोजी जारी छ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले सोमबार बिहान नेपालखबरलाई मृतक १७ जनाकै सनाखत भएको जानकारी दिएका हुन्।

उनका अनुसार मृतकमा महिला ९, पुरुष १, बालक ४ र बालिका ३  छन्। 

प्रहरीका अनुसार दुर्घटनामा दाेलखा शैलुङ गाउँपालिका ५ की ५२ वर्षीया चेतकुमारी, साेही गाउँपालिका ४ की ६ वर्षीया सलिना तामाङ, दाेलखाकै शैलुङ्गेश्वरी ३ का ३ महिनाका शिशन तामाङ, शैलुङ्गेश्वरी ३ की २७ वर्षीया चमेली श्रेष्ठ, त्रिपुरा सुन्दरी गाउँपालिका ५ की ४५ वर्षीया रत्नकुमारी राउत लगायत १७ जनाकाे मृत्यु भएकाे हाे।  
हेरौं सबै मृतककाे नामावली

72159230 2497438210500505 3598517509772279808 n

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसी नदीमा खसेको हो।

नदीमा अझै केही व्यक्ति हराइरहेको आशंकामा खोजी भइरहेको प्रवक्ता काफ्लेले बताए।

‘यति नै जना भन्ने निश्चित त छैन, अहिलेसम्म दुई जनाको नाम आएको छ,’ नेपालखबरसँग प्रवक्ता काफ्लेले भने, ‘जे होस्, केही व्यक्ति नदीमा हराइरहेका छन्, तिनको खोजी जारी छ।’

दुर्घटनामा ५० जनाजति घाइते भएको र तीमध्ये अहिले २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .