आज (सोमबार) पहाडी क्षेत्रमा मात्र मौसम आंशिक बदली हुने र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोतिर पश्चिमी पहाडका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति पनि मौसमको अवस्था यस्तै रहने उनको भनाइ छ। ‘समान्यतया सफा भनेको आकाशमा थोरै थोरै बादल देखिने हो,’ उनले भने।
अहिलेको बदली पश्चिमी वायुको प्रभावले भएको मौसमविद्ले बताएका छन्।
प्रतिक्रिया