छापा खबर


प्रधानमन्त्रीले भने- ‘मेरो मिर्गौलाले राम्ररी काम गर्न छाड्यो’

प्रधानमन्त्रीले भने- ‘मेरो मिर्गौलाले राम्ररी काम गर्न छाड्यो’

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ०:२६,

प्रधानमन्त्री केपी शर्मा ओलले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्।

‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अबस्था छ। फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ।’

१४ मंसिरमा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रीत भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘छिनछिनमै असजिलो भएपछि डायलाइसिस गरियो, आज या भोली फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर म एकदमै सिकिस्त छैन।’

नियमित डाइलाइसिस गर्नुपर्ने भए साताको तीनचोटी गर्नुपर्ने ओलीले जानकारी दिए।

आफ्नो मिर्गौलाले राम्ररी काम नगरेको र फोक्सोमा पानी जमेको उल्लेख गर्दै उनले आइतारसम्ममा सबै रिपोर्ट आइसक्ने बताए।

‘अहिलेलाई डाक्टरहरुले डायलाइसिस नै गर्नुपर्ने भनेका छन्,’ बैठकमा ओलले भने।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या आएकाले परीक्षण गरिएको र केही रिपोर्ट आउन बाँकी रहेको जानकारी गराइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad