छापा खबर


प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ

प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ०:१९,

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका बरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन्।

नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलीरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह, तथा सुर्खेतका निरज राणा छन्।

उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई म्यारिज खेलिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए।

प्रधानमन्त्रीको सरक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ।

मेजर शाही शुक्रबार बिदामा थिए। बिदाका बेला उनी सधैँजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad