छापा खबर


आलम प्रकरण : ७ सय पृष्ठको अनुसन्धान प्रतिवेदन, ११ प्रतिवादी

आलम प्रकरण : ७ सय पृष्ठको अनुसन्धान प्रतिवेदन, ११ प्रतिवादी

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ०:३४,

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसहित ११ जनालई प्रतिवादी बनाई प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ।

झन्डै ३ साताको अनुसन्धानपछि प्रहरीले तयार पारेको ७ सय पृष्ठको प्रतिवेदनमा प्रतिवादीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा मुद्दा चलाउन राय दिइएको छ।

छठ पर्वको बिदा भएकाले सरकारी वकिलको कार्यालयले सोमबार मात्रै जिल्ला अदालतमा मुद्दा दर्ता दायर गर्ने भएको छ। यो खबर रौतहटबाट शिव पुरीले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

प्रहरीले महताब आलम, सेख भदई, मोबिन आलम, सेख सराजविरुद्ध पनि मुद्दा चलाउन लागेको हो। महताब सांसद आलमका भाइ हुन्। उनीहरूविरुद्ध पहिल्यै किटानी जाहेरी परेको थियो। अन्य ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad