छापा खबर


आलम प्रकरण : १२ वर्षपछि खुले महत्त्वपूर्ण तीन तथ्य

आलम प्रकरण : १२ वर्षपछि खुले महत्त्वपूर्ण तीन तथ्य

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ३:१०,

बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारेको अपराधसँग सम्बन्धित तीन तथ्य खुलेका छन्।

बम विस्फोटका मुख्य योजनाकार कांग्रेस सांसद आलमले घटना नै नभएको दाबी गरे पनि प्रहरीले गरेको अनुसन्धानक्रममा महत्त्वपूर्ण तथ्य फेला परेको हो।

गत असोज २६ गते पक्राउ परेका आलमले तेस्रोपटकको म्याद थपमा समेत बम विस्फोट नभएको जिकिर गरेका छन्। तर ०६४ चैत २७ गते घटनास्थलबाट भागेर बाँचेका पीडितको फरेन्सिक जाँचमा उनको शरीरमा लागेको चोट बम विस्फोटबाट भएको उल्लेख छ। यो खबर आजको कान्तिपुरले छापेको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक जाँच प्रतिवेदनमा घाइते सफी अहमदका शरीरमा लागेका घाउरचोट बम विस्फोटबाट भएको पुष्टि भएको छ। उक्त प्रतिवेदनलाई प्रहरीले आरोपितविरुद्ध फेला परेको महत्त्वपूर्ण र कसुर पुष्टि हुने प्रमाणका रूपमा लिएको एक प्रहरी अधिकृतले बताए।

त्यसैगरी पछिल्लो अनुसन्धानअनुसार दुई जनाको घटनास्थल (रौतहटको यमुनामाई गाउँपालिका–४ राजपुर फरदवा) मा मृत्यु भएको व्यहोरा समेटेर वडा कार्यालयले ‘मृत्यु दर्ता प्रमाणपत्र’ जारी गरेको छ। गाउँपालिका कार्यालयले बम विस्फोट भएकै दिन २१ वर्षीय मोहम्मद ओसी अख्तर र २२ वर्षीय पिन्टु भनिने त्रिलोकप्रताप सिंहको मृत्यु भएको प्रमाणित गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad