ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लामो रेसको घोडा मानियो।
तर अरु धेरै कलाकारजस्तै साम्रज्ञीले आफूप्रतिको अपेक्षा पूरा गर्न सकिन्न्।
फिल्म चयनमा मात्र चुकिनन्, अभिनय पनि खस्कँदै गएको खबर आजको नेपाल साप्ताहिकले छापेको छ।
ए मेरो हजुर २ र इन्टु मिन्टु लन्डनमा बाहेक अन्य फिल्मको व्यापार उत्साहजनक भएन।
अहिले त झन् साम्राज्ञी पूरापूर संकटमा छिन्, दुई फिल्म लगातार फ्लप भएर।
१६ लाख लिएर मारुनी खेलिन् तर फिल्मले लगानीसमेत उठाएन।
रातो टीका निधारमाको हालत अझ खराब रह्यो। दुबै फिल्ममा उनीजती चर्चित कलाकार अरु थिएनन्।
लगातार असफलताले होला, साम्राज्ञी फिल्मवृत्तमा खास सक्रिय छैनन्।

प्रतिक्रिया