समाज


देशैभर आकाशमा बादल, ठाउँठाउँमा वर्षाको सम्भावना

देशैभर आकाशमा बादल, ठाउँठाउँमा वर्षाको सम्भावना

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १:४८,

आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको छ। दिउँसो देशका केही स्थानमा पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

मौसमविद्का अनुसार पश्चिमबाट आएको पश्चिमी वायुले देशभको मौसम सामान्य (आधाभन्दा बढी बादल लागेको) देखि पूर्ण (घामै छिर्न नसक्ने गरी बादललागेको ) सम्म बदली भएको हो।

आज दिनभरि नै मौसम यस्तै धुम्म रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘बीचमा केही बेर घाम लागेजस्तो गरे पनि पुनः मौसम बदली हुनेछ,’ नेपालखबरसँग उनले भनिन्, ‘आज दिउँसो या अपराह्नपछि देशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’

थोरै स्थानअन्तर्गत पूर्वदेखि पश्चिमसम्म देशका जुनसुकै ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको उनले बताइन्।

उनका अनुसार आज अपराह्नपछि काठमाडौंमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ।

भोलि (सोमबार) देखि भने पश्चिमी वायुको प्रभाव क्रमशः कम हुँदै मौसम सुधार हुँदै जाने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।

हेरौं मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनसम्मको मौसमी अनुमान

कार्तिक ०३ गते आइतबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०४ गते सोमबार
दिउँसो : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

राति : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

कार्तिक ०५ गते मंगलबार
दिउँसो स् देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ।मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad