ad ad

मधेस


रास्वपा मधेशको पीडालाई सम्बोधन गर्न चाहन्छ : रवि लामिछाने

रास्वपा मधेशको पीडालाई सम्बोधन गर्न चाहन्छ : रवि लामिछाने

नेपालखबर
मंसिर ११, २०८० सोमबार १७:५८, महोत्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशको पीडालाई सम्बोधन गर्न आफ्नो पार्टीले चाहेको बताएका छन्।

सोमबार महोत्तरीको जलेश्वरमा आयोजित पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले उक्त कुरा बताएका हुन्।

मधेशमा विद्यमान गरिबी, अशिक्षा, बेरोजगारीसहितको विभेद अन्त्य गर्नुपर्ने सन्देश दिनका लागि आफूहरूले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा गर्ने निर्णय लिएको सभापति लामिछानेको भनाइ थियो। आफ्नो पार्टीले मधेशलाई प्राथमिकतामा राखेको र सरकारलाई पनि प्राथमिकतामा राख्न रास्वपाको बैठकले सहयोग गर्ने विश्वास लामिछानेले व्यक्त गरे।

‘विशेष गरेर भित्री मधेश, जसले गरिबी, अशिक्षा, बेरोजगारी र विभेदपूर्ण अवस्था बेहोर्नुपरेको छ, ती कुरालाई बाहिर ल्याउन यहाँ बैठक गरिएको हो,’ सभापति लामिछानेले भने, ‘हाम्रो कुन प्राथमिकतामा मधेश छ र सिंगो देशले कुन प्राथमिकतामा मधेशलाई राखेको छ भन्ने कुरा बुझाउन एउटा सानो प्रयास गर्न सकिन्छ कि भनेर हामीले यो बैठक जलेश्वरमा गर्ने भनेर छानेका हौँ।’

सोमबारबाट सुरु भएको बैठकमा सभापति लामिछानेले राजनीतिक प्रस्ताव पेस गरेका छन्। पार्टीको हालसम्मका कार्यक्रमको समीक्षा गरी भावी कार्यक्रम पनि सो बैठकले तय गर्ने सभापति लामिछानेले बताए। बैठक तीन दिनसम्म चल्नेछ। बैठकमा पार्टीका संघीय सांसद, प्रदेश सभापतिसहितको उपस्थिति रहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .