मधेस


जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट

नेपालखबर
असार २९, २०८३ सोमबार १८:५९, जनकपुरधाम

मधेस प्रदेशका राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ। १५ औँ नगरसभामा नगरप्रमुख मनोजकुमार साहले सो बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा आन्तरिक आयवृद्धि, पूर्वाधार विस्तार तथा सहरी उत्थानशीलता परियोजनालाई मुख्य प्राथमिकतामा राखिएको छ।

प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त हुने ३० करोड ५९ लाख रुपैयाँसँगै वित्तीय समानीकरण अनुदान, मधेस प्रदेश सरकारबाट प्राप्त हुने करिब २ करोड रुपैयाँ समानीकरण अनुदान, ससर्त अनुदान, राजस्व बाँडफाँट, चालु आर्थिक वर्षको बचत रकमलाई स्रोत व्यवस्थापनको रूपमा लिइएको छ।

उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पनि निर्धारण गरेको जनाइएको छ।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख साहले आगामी आर्थिक वर्षको बजेटले नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गर्दै आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए।

बजेटको प्राथमिकतामा नगर सरसफाइ, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि विकास, रोजगारी सिर्जना, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, नगर सौन्दर्यीकरण र सहरी उत्थानशीलता परियोजनालाई विशेष प्राथमिकतामा राखिएको छ।

आगामी वर्ष विकास निर्माणसँगै सेवा प्रवाहको गुणस्तर सुधार, आन्तरिक आयको दायरा विस्तार तथा दिगो सहरी विकासलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने मेयर साहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad