मधेस


धनुषामा अवैध उत्खनन रोक्न माग गर्दै प्रदर्शन, नगरपालिकाअगाडि बालियो टायर

धनुषामा अवैध उत्खनन रोक्न माग गर्दै प्रदर्शन, नगरपालिकाअगाडि बालियो टायर

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १६:५३, जनकपुरधाम

धनुषाको पूर्वपश्चिम राजमार्ग ढल्केवरमा ग्राभेलको अवैध उत्खनन रोक्न माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।

बिहीबार जिल्लाको मिथिला नगरपालिका-९ स्थित बडहरी खोलाबाट भइरहेको ग्राभेलको अवैध उत्खनन रोक्न माग गर्दै स्थानीयवासीले ढल्केवरस्थित नगरपालिका कार्यालयको अगाडि प्रदर्शन गरेका हुन्।

नगरपालिकाको कार्यालय अगाडि टायर बालेर नाराबाजी गर्दै केहीबेर राजमार्ग अवरुद्धसमेत गरेका छन्। प्रदर्शनको क्रममा गरिएको सडक अवरुद्धले आवागमन समेत रोकिएपछि प्रहरीले सम्झाइबुझाइ सडक खोल्न लगाएका थिए।

आन्दोलनरत स्थानीयवासीहरूले खोलाबाट जथाभाबी र अवैधरूपले ग्राभेल उत्खनन हुँदा नदी आसपासका खेतीयोग्य जमिन भासिने जोखिम बढेको र उत्खननले खोलामा बनेको खाडलमा बालबालिका डुब्ने जोखिम समेत बढेकाले तत्काल रोक्न माग गरेका छन्।

नगरपालिकाले नगर क्षेत्रस्थित बडहरी, बसही, औरही, जलाधार र रातु खोला गरी ६ वटा खोला ग्राभेल उत्खननका लागि काठमाडौँस्थित नेरिसा कन्ट्रक्सन कम्पनी प्रालिलाई तीन करोड पाँच लाख ६२ हजार २७३ रुपैयाँमा ठेक्का दिएको छ।

स्थानीयवासीले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्। स्थानीयवासीको विरोधपछि मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले स्थानीयको माग सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।

उनले भने, ‘सबभन्दा  पहिला अवैध क्रसर बन्द गरिनुपर्‍यो, जहाँसम्म नगरपालिकाले लगाएको ठेक्कामा अवैध वा मापदण्ड विपरीत उत्खनन भएको छ भने त्यसको अनुगमन गरी दोषी पाइएको खण्डमा कारबाही प्रक्रिया अघि बढाइने छ।’ उनले ठेक्का नलगाएको अवस्थामा पनि अवैध क्रसर सञ्चालन र चोरी निकासी बढेपछि मात्रै कार्यपालिकाको बैठकबाट ठेक्का लगाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad