मधेस


मधेसका मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने

मधेसका मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १७:३०, जनकपुरधाम

आफ्नो पार्टी कांग्रेसभित्रैबाट फ्लोर क्रसको अवस्था देखेपछि अन्ततः मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव विश्वासको मत लिनबाट तत्कालका लागि पछि हटेका छन्। 

शुक्रबार दिनको ११ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभाको कार्यतालिका तय थियो। तर आफ्नै पार्टी भित्रबाट फ्लोर क्रस हुने सम्भावना देखेपछि बिहानैदेखि मुख्यमन्त्री यादव सहमति जुटाउन छलफलमा जुटेका थिए।

छलफलबाट निस्कर्ष ननिसकेपछि १२ः३०, १ः१० र ३ः१५ बजे भनेर तीनरतीन पटक समय बढाएपनि मुख्यमन्त्री यादवले सहमति जुटाउन नसकेपछि विश्वासको मत लिन जेठ ८ गतेका लागि मिति तय गरिएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले दलभित्रको असन्तुष्टि र आवश्यक तयारी पूरा हुन नसक्दा अगामी जेठ ८ गते मिति तय गरिएको जानकारी दिए।

कांग्रेसको शेखर कोइराला समूह र सभापति गगन थापा समूहका सांसदहरूबाट फ्लोर क्रस हुने कुरा बाहरिएको थियो। पार्टी श्रोतका अनुसार शेखर समूहका ५ र सभापति थापा समूहमा २ सहित ७ जना सांसदले फ्लोर क्रस गर्ने सम्भावना रहेको थियो।

सरकारको नेतृत्वकर्ता कांग्रेसभित्रै मात्र होइन सत्ता गठबन्धन भित्रको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र समेत असन्तुष्टि छ।

जसपा नेपालसँग सरकारको नेतृत्व आलोपालो सहमति र नेकपाको समर्थन पाएपछि मुख्यमन्त्री यादव विश्वासको मतका लागि अघि बढेका थिए। तर सतारूढ दलभित्रै असन्तुष्टि बढेपछि अन्त्यमा मुख्यमन्त्री यादव पछि हटेका छन्।

जनमत पार्टीले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने अवस्था उत्पन्न भएको हो।

विश्वासको मतको मिति सारेर सरकारको सिफारिसमा प्रदेशसभाको सातौं बैठक बोलाइएको छ। बैठकमा अधिवेशन प्रारम्भको शुभकामना दिने प्रारम्भ भएको छ। बैठकमा बोल्ने सांसदहरूले सरकारको कामकारबाही बारे आलोचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad