पर्साको वीरगन्जमा गोली हान्ने आदेशसहितको कर्फ्यु आज (मंगलबार) साँझ ६ बजेसम्मका लागि लम्ब्याइएको छ।
मंगलारबार दिउँसो अर्काे आदेश जारी गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु अवधि साँझ ६ बजेसम्मका लागि थप गरिएको जानकारी गराएका हुन्।
यस अवधिमा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन र निस्कनैपर्ने अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन भनिएको छ।
कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका सवारीसाधन, परीक्षार्थी तथा कर्मचारी, पर्यटक, मानव अधिकार तथा कुटनीतिक नियोगका गाडी र हवाई यात्रुलाई सुरक्षाकर्मीले यात्रामा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्युको बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नम्बरमा फोन गरी बाहिर निस्कन हुन अनुरोध छ। साथै कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारीसाधनहरू, सञ्चारकर्मीहरू, त्रिभुवन विश्वविद्यालयको पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारीसाधनहरू, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुनेछ।’
हेर्नुहोस् कर्फ्यु आदेश :

Shares

प्रतिक्रिया