मधेस


मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना

मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १२:१०, जनकपुर

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न नदिइएको आरोप गर्दै उनका समर्थक मंगलबार जनकपुरधाममा सडक आन्दोलनमा उत्रिएका छन्। जनक चोकमा आयोजित धर्नामा एमालेका नेता-कार्यकर्तासहित स्थानीय समर्थकहरूको सहभागिता थियो।

एमाले महोत्तरी अध्यक्ष बलिराम यादवले संविधानको रक्षा र निर्वाचित मुख्यमन्त्रीलाई अवरोधविना काम गर्न दिनुपर्ने मागसहित धर्ना गरिएको बताए। उनका अनुसार विपक्षी दलहरूले राजनीतिक द्वन्द्वका कारण मुख्यमन्त्री यादवको काममा जानीजानी अवरोध गर्दै आएको आरोप छ।

यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संवैधानिक नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत मंगलवार अन्तरिम आदेश जारी गर्दै दीर्घकालीन निर्णय नलिन सरकारलाई निर्देशन दिएको थियो।

यही विवादका बीच सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा सातदलीय गठबन्धनले आन्दोलनमार्फत मुख्यमन्त्रीको काममा अवरोध गरिरहेको आरोप मुख्यमन्त्री यादवका समर्थकहरूले लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad