पर्साको वीरगन्जस्थित बालसुधार गृह तोडेर थुनुवाहरू भागेका छन्।
केहीबेरअघि सुधारगृहभित्रैबाट तोडफोड गरी सुधारगृहमा राखिएकाहरू भागेका हुन्।
वीरगन्जको बिर्तास्थित न्यु वेब सेकेन्डरी स्कुलको नजिकैबाट भागिरहेको दृश्यमा देखिएको छ। उनीहरु बार्दली वा छतबाट बाहिर निस्केर तल हाम फालिरहेको पनि दृश्यमा देखिन्छ।
त्यसअघि उनीहरूले बत्ती निभाउन ट्रान्सफर्मरमा क्षति पुर्याएका थिए। ट्रान्सफर्मर पड्केको ठूलो आवाज पनि आएको थियो।
342
Shares

प्रतिक्रिया