हैजाको संक्रमण फैलिएको पर्साको वीरगन्जमा यसको नियन्त्रणका लागि शिक्षक र कर्मचारीलाई परिचालन गर्ने भएको छ।
महानगरपालिकाले मंगलबार सर्कुलरमार्फत नगरभित्रका सबै विद्यालयका शिक्षक र कर्मचारीलाई हैजासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन अभियानमा अनिवार्य रुपमा लाग्न निर्देशन दिएको हो।
हैजा नियन्त्रणमा खटिने टोलीले पोष्टर, पम्प्लेट र अन्य सामाग्रीसहित जानुपर्ने र त्यससम्बन्धी सामग्री महानगरको शैक्षिक प्रशासन महाशाखाबाट प्राप्त गर्न सक्ने जानकारीसमेत गराइएको छ।
महानगरपालिकाले हैजा फैलिएको भन्दै शुक्रबारसम्म सामुदायिक र संस्थागत सबै विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ।
वीरगन्जमा हैजाबाट ३ जनाको मृत्यु भएको छ भने ७५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।

42
Shares

प्रतिक्रिया