मधेस


जसपाका मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई ‘तत्काल पक्राउ गर्न’ प्रहरी परिचालन

जसपाका मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई ‘तत्काल पक्राउ गर्न’ प्रहरी परिचालन

फाइल तस्बिर: जसपाका मधेस प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्का


नेपालखबर
असार २१, २०८२ शनिबार ११:४१, काठमाडौँ

जनता समाजावादी पार्टी (जसपा) का मधेस प्रदेश समिति अध्यक्ष अशोक यादव पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका उनलाई प्रहरीले खोजिरहेको हो। 

उनलाई तत्काल पक्राउ गर्न जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिट खटाइएको सर्लाही जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। 

‘उनलाई तत्काल पक्राउ गर्न प्रहरी खटिएको छ’, डीएसपी राईले शनिबार बिहान साढे ११ बजे नेपालखबरसँग भने, ‘अहिलेसम्म पक्राउ गरिसकिएको छैन। यति बुझ्नूस्, उनलाई प्रहरीले तीव्र रूपमा खोजिरहेको छ। सबै कुरा अहिले बताउन मिल्दैन।’

जसपाका मधेस प्रदेश अध्यक्ष यादवले टेलिफोनमा एसपी खड्कालाईलाई तराइमा लुट्न आएको लुटेरा भनेर धम्क्याइरहेको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

आपराधिक उपद्रव कसुरमा सर्लाही जिल्ला अदालतले शुक्रबार मात्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

रातिको समय सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिँदा यादवले एसपीलाई धम्क्याएको दाबी प्रहरीले गरेको छ।

सार्वजनिक अडिओमा यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन्। 

यादवले यसअघि पनि प्रदेश मन्त्रीलाई यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको छ। उक्त म्यासेजलगायत पनि प्रमाणका रूपमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad