कारोबार


नेपालमा खुल्यो बीवाईडी सिलायन सेभेनको 'ब्लाइन्ड बुकिङ', अहिले गरे ७० हजार फाइदा

नेपालमा खुल्यो बीवाईडी सिलायन सेभेनको 'ब्लाइन्ड बुकिङ', अहिले गरे ७० हजार फाइदा

नेपालखबर
असार २१, २०८२ शनिबार १२:१६, काठमाडौँ

चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेको नयाँ गाडी सिलाएन सेभेनको 'ब्लाइन्ड बुकिङ' नेपालमा खुला भएको छ।

नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंकले गाडी शुक्रबारदेखि उक्त गाडीको ब्लाइन्ड बुकिङ खुलाएको हो।

ब्लाइन्ड बुक गर्ने ग्राहकले ७० हजार रुपैयाँ लाभ पाउने अफर पनि छ। 

तर त्यसका लागि पहिले ७० हजार रुपैयाँ टोकन मनी दिएर ब्लाइन्ड बुकिङ गर्नुपर्ने छ। अनि त्यसमा कम्पनीले ७० हजार थपिदिनेछ।

यसपछि कुल बुकिङ अमाउन्ट १ लाख ४० हजार रुपैयाँ हुनेछ। 

साथै त्यस्ता ग्राहकले ब्याट्रीमा १० वर्ष/२ लाख किलोमिटर र एन्सिलरी अर्थात् लो भोल्टेज एलएफपी ब्याट्रीमा ७ वर्ष/१ लाख ५० हजार किलोमिटर वारेन्टी पाउने जानकारी पनि कम्पनीले गराएको छ। 

गाडीको मूल्य ७२ लाखदेखि ७५ लाखसम्म राखिएको छ। 

गाडीमा १०० किलोवाट क्षमताको मोटर पावर छ भने ७२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। एकपटक फुल चार्ज गरेपछि गाडीले ५०० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ।

यस्तै गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर पनि छन्। अनि हेड अप डिस्प्लेको सुविधा पनि छ।

कम्पनीका अनुसार पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले छन्। 

यसैगरी ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ पनि गाडीमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad