मधेस


कमला नदीमा पुल बनाउन एक करोड विनियोजन, निर्माण चाँडै

कमला नदीमा पुल बनाउन एक करोड विनियोजन, निर्माण चाँडै

नेपालखबर
असार १२, २०८२ बिहिबार २०:४६, सिरहा

सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा रु एक करोड  विनियोजन गरेको छ।  

बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए। यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो। सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो।     

मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा यो योजना अघि बढाइएको हो। 

उनले भने, ‘कमला नदीमा पुल निर्माण गर्नु धनुषा–सिरहा मात्रै होइन, सिङ्गो मधेस प्रदेशको आवश्यकता हो। हामी यो कार्य दृढताका साथ अगाडि बढाउँछौँ।’

रु एक करोडले मात्र पुल निर्माण सम्भव नभएको उनले बताए। मुख्यमन्त्री सिंहका अनुसार आवश्यकताअनुसार चरणबद्ध रूपमा थप बजेटको व्यवस्था गरिनेछ। 

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले भने, ‘थोरै बजेट राखेर भएपनि प्रदेश सरकारले कमला पुललाई समेटेको छ। पुल बनाउन यो रकम पर्याप्त छैन। सङ्घीय सरकारले पनि यसका लागि सहयोग गरोस्।’

निर्माणाधिन अवस्थामै भासिएको यो पुल विगत लामो समयदेखि जीर्ण छ। वर्षा याममा नदी पार गर्न बाँसको अस्थायी संरचना बनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad