मधेस


सप्तरीमा ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार २ युवकको मृत्यु, अर्का घाइते

सप्तरीमा ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार २ युवकको मृत्यु, अर्का घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
जेठ ११, २०८२ आइतबार ५:२४, राजविराज (सप्तरी)

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा शनिबार इँटा बोकेको ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा २ जनाको मृत्युभएको छ भने १ जना घाइते भएका छन्। 

मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लाँदा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुरा बस्ने  वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका-२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad