मधेस


विष सेवनबाट एकै परिवारका ३ बालबालिकाको मृत्यु, आमा सिकिस्त

विष सेवनबाट एकै परिवारका ३ बालबालिकाको मृत्यु, आमा सिकिस्त

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १७:४५, जनकपुरधाम

धनुषाको सहिदनगर नगरपालिका-५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। सोही घटनामा आमा सिकिस्त छिन्। 

गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

विष सेवनबाट स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति तथा २ वर्षीया छोरी आरुती साह मृत्यु भएको हो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad