मधेस प्रदेश सरकारले सहिद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले शनिबार बलिदानी दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै सहिद परिवारलाई सम्मान गरेको हो।
सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सहिद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने आश्वासन दिए। उनले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको समेत जिकिर गरे। सहिद परिवारका सम्पूर्ण सदस्यको बिमा गर्ने कार्यक्रम सुरु गरेको उनले जानकारी दिए।
कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदो सहिदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
57
Shares

प्रतिक्रिया