मधेस


महोत्तरीमा ७० वर्षीय घरधनीको हत्या गरी लाखौँको लुटपाट

महोत्तरीमा ७० वर्षीय घरधनीको हत्या गरी लाखौँको लुटपाट

महोत्तरीको मनरािसश्वा नगरपालिका-४ मा शनिबार बिहान ७० वर्षीय सुशील झालाई हत्या गरी डाकाहरूले लाखौँको लुटपाट गरेपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी। तस्बिरः सञ्जितकुमार मण्डल/रासस


नेपालखबर
पुस ६, २०८१ शनिबार ११:१८, जलेश्वर

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रु ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए। 

झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ।

अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दै छ भने घरधनी सुशीलको शव पनि अहिले घटनास्थलमै रहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad