पहिलोपटक सञ्चालित देशकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न बिहानैदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइँचो लागिरहेको छ।
दिउँसो १२ बजेपछि हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
फाइनलका लागि बिहीबार नै सबै टिकट बिक्री भइसकेका छन्।
तर टिकट लिएका र नलिएका दुवै खाले दर्शक मैदान बाहिर छन्।
दर्शक आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न आफ्नो टोलीको झण्डा/ब्यानरसहित छन्।
सुरक्षाका लागि खेल स्थलमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन्।
दर्शकको बाक्लो उपस्थितिका कारण त्रिवि मैदानबाहिर धुलाम्य भएको छ।
यसअघिका खेलमा करिब १५ हजार दर्शक सहभागी भएका थिए।
फाइनल खेलमा पनि सोही संख्यामा दर्शक ओइरिएका छन्।




























363
Shares

प्रतिक्रिया