सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वडामा उपनिर्वाचन भएकामा दुवैमा जसपा नेपाल विजयी भएको छ।
डाक्नेश्वरीको वडा नं १ मा जसपा नेपालका धीरेन्द्रकुमार साह विजयी भएका छन्। उनले ६५२ मत पाए।
कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत पाइन् भने एमालेका भगवानी साहले २६५ मत पाए।
यसै नगरपालिकाको वडा नं ४ मा जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका छन्।
यी दुवै वडामा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।
939
Shares

प्रतिक्रिया