ad ad

मधेस


मधेसका मुख्यमन्त्री मागे विश्वासको मत, भने– सिंगो सदनको विश्वास पाउनेमा विश्वस्त छु

मधेसका मुख्यमन्त्री मागे विश्वासको मत, भने– सिंगो सदनको विश्वास पाउनेमा विश्वस्त छु

नेपालखबर
असार २२, २०८१ शनिबार १५:३६, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा विश्वासको मत मागेका छन्। शनिबार जारी प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै उनले मधेस प्रदेशको विकासका लागि सबै दलसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्। 

‘सबै दलसँग आग्रह गरेको छु, यो सदनमा विश्वासको मत दिनुहोला, हामी सहकार्य गर्दै अघि बढ्छौँ। मधेस प्रदेशको विकासका लागि सहकार्यका हिसाबले अघि बढौँ,’ उनले भने। 

सीके राउत नेतृत्वको जनमत पार्टीका नेता सिंह गएको जेठ २५ गते कांग्रेस बाहेकका दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

तर, केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमति पछि मधेस सरकारमा पनि सत्ता गठबन्धन परिवर्तन हुन लागेको हो। 

लगत्तै मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिन लागेका हुन्। 

विश्वासको मत माग्दै मुख्यमन्त्री सिंहले देशमा संघीयताप्रति बढ्दै गएको वितृष्णालाई चिर्नेगरी लाग्नपर्ने बताएका हुन्। 

‘विभिन्न पार्टीमा संघीयताप्रति जुन धारणा छ त्यसकै लागि हामी लागेका छौँ। सबै वीर सहिदको बलिदानीपछि देशमा जुन संघीयता र गणतन्त्र आएको छ, त्यसलाई जोगाउ हामी सबै लाग्नुपर्ने छ। विश्वासको मत सिंगो हाउसबाटै आउने विश्वास लिएको छु,’ उनले भने। 

उनले संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .